आज : Sunday, September 13, 2026 | २०८३ भदौ २८ आइतबार

एचडीसीएस नमुना सामुदायिक अस्पतालद्वारा आत्महत्या रोकथाम सम्बन्धी सचेतना

लमजुङ ।
विश्व आत्महत्या रोकथाम दिवस २०८३ को अवसरमा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दरबजारमा आत्महत्या रोकथाम तथा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम गरिएको छ। अस्पतालमा उपचारका लागि आएका बिरामी, कुरुवा तथा कर्मचारीलाई लक्षित गरी आयोजित कार्यक्रममा निराशा, तनाव तथा मानसिक समस्याका संकेत पहिचान गर्ने, समस्यामा रहेका व्यक्तिसँग संवेदनशील रूपमा संवाद गर्ने र समयमै मनोपरामर्श तथा आवश्यक सहयोग लिनुपर्ने विषयमा जानकारी गराइएको थियो।

कार्यक्रममा आत्महत्या रोकथाममा परिवार तथा समुदायको भूमिकाका साथै मानसिक समस्यामा रहेका व्यक्तिलाई एक्लो नछोड्ने, उनीहरूका कुरा ध्यानपूर्वक सुन्ने र आवश्यक सहयोग उपलब्ध गराउने विषयमा समेत छलफल गरिएको थियो।

कार्यक्रमको सहजीकरण अस्पतालकी मनोविमर्शदाता शोभा ठकुरीले गर्नुभएको थियो । कार्यक्रममा  ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ : दृष्टिकोण बदलौँ’ भन्ने सन्देश दिइएको थियो। मानसिक पीडामा रहेका व्यक्तिलाई दोष नदिई उनीहरूका कुरा ध्यानपूर्वक सुन्ने, साथ दिने र आवश्यक परे समयमै मनोपरामर्श तथा स्वास्थ्य सेवासँग जोड्नुपर्नेमा कार्यक्रमले जोड दिएको थियो।  

प्रतिकृया दिनुहोस