आज : Sunday, September 13, 2026 | २०८३ भदौ २८ आइतबार

बेँसीशहरमा आज साँझ रसुवा बाढीमा ज्यानकाप्रति श्रद्धाञ्जली दिन दीप प्रज्वलन तथा शोक सभा हुने

लमजुङ ।
रसुवाको भोटेकोशी नदिमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न लमजुङमा सोमबार दीप प्रज्वलन तथा शोक सभा आयोजना गरिने भएको छ। अनेरास्ववियु जिल्ला कमिटी, लमजुङको आयोजनामा सोमबार साँझ साढे ६ बजे बेँसीशहर नगरपालिका वडा नं. ८ भिमसेनस्थान चोकमा  दीप प्रज्वलन तथा शोक सभा आयोजना गर्न लागिएको हो ।  

कार्यक्रममा मृतकहरूप्रति श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना तथा बेपत्ताहरूको सकुशल खोजीका लागि प्रार्थना गरिने जनाईएको छ। 
 
दुःखको यस घडीमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउन विद्यार्थी, युवा तथा आम नागरिकलाई कार्यक्रममा सहभागी हुन आयोजकले आग्रह गरेको छ। 

प्रतिकृया दिनुहोस