आज : Sunday, September 13, 2026 | २०८३ भदौ २८ आइतबार

बाढीपीडितलाई बेसीशहरका गुरुङ समुदायको साथ, गरे १४ लाख ४५ हजार सहयोग

लमजुङ । 
लमजुङको बेसीशहर क्षेत्रमा बसोबास गर्ने तमु (गुरुङ) समुदायले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १४ लाख ४५ हजार ५ सय ७२ रुपैयाँ सहयोग गरेका छन्। बेसीशहर क्षेत्रका विभिन्न तमु समाज र समाजका सदस्यबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् बेसीशहर इकाइले जनाएको छ।

रकम कोषमा जम्मा गरेपछि शुक्रबार शान्तिटोल तमु बाबा तथा आमा समूहको भवनमा एक कार्यक्रम आयोजना गरी संकलित रकम र कोषमा जम्मा गरिएको सहयोगबारे जानकारी गराइएको थियो। तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् बेसीशहर इकाइको संयोजनमा इकाइअन्तर्गतका १७ वटा तमु समाज तथा समाजमा आबद्ध सदस्यबाट रकम संकलन गरिएको हो। समुदायका ८ सय ५७ जनाले स्वतःस्फूर्त रूपमा सहयोग गरेका थिए। बाढीपीडितका लागि तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् बेसीशहर इकाइले २० हजार रुपैयाँ सहयोग गरेको छ। शान्तिटोल तमु आमा तथा बाबा समूहले ३ लाख २४ हजार ७ सय ७५ रुपैयाँ, मनाङे चौतारा तमु आमा समूहले १ लाख ५० हजार रुपैयाँ, शेरा तमु बाबा तथा आमा सेवा समाजले १ लाख ४७ हजार १ सय ५५ रुपैयाँ र प्रगति टोल तमु सामुदायिक छोंज धींले १ लाख ३९ हजार २ सय ४५ रुपैयाँ सहयोग गरेका छन्।

त्यस्तै चौध खोला तमु समाजले १ लाख २१ हजार १ सय ६० रुपैयाँ, बेसीशहर नगरपालिका–९ का १४ भाइ लेम तमु सेवा समाजले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, पोँचु कोँ ङ थर घनपोखरा तमु समाजले १ लाख रुपैयाँ, बिम्दा बेसीशहर तमु समाजले ९१ हजार ११ रुपैयाँ र मालिङ तमु समाजले ७१ हजार ५ सय रुपैयाँ सहयोग गरेका छन्। न्हाँदा ट्हो (नाल्मा समाज) बेसीशहरले ४० हजार ५ सय ५५ रुपैयाँ, सहजी टोल तमु आमा तथा बाबा समूहले ४० हजार ३ सय ५ रुपैयाँ, दुध कौरी तमु समाजले २८ हजार २ सय रुपैयाँ र भुजुङ तमु समाज बेसीशहरले २० हजार रुपैयाँ सहयोग गरेका छन्।

उत्तरकन्या तमु समाजले १५ हजार ५ सय ५५ रुपैयाँ, माँझगाउँ–लाँकुरीबोट–चिसापानी हिले तमु समाजले १५ हजार रुपैयाँ र पुमा गाउँ तमु समाजले १० हजार रुपैयाँ सहयोग गरेका छन्।
उपाध्यक्ष कुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष पूर्णसिंह गुरुङले संकलित रकमबारे जानकारी गराएका थिए। कार्यक्रम सचिव कृष्णबहादुर घलेले सञ्चालन गर्नुभएको थियो । तमु (गुरुङ) समुदायले विपद्को समयमा मानवीय सहयोगस्वरूप रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको जनाएको छ।  

प्रतिकृया दिनुहोस