आज : Thursday, July 30, 2026 | २०८३ श्रावण १४ बिहीबार

भारतीय सेनामा नेपाली भर्ती सुचारु गर्न मागसहित लमजुङमा विशाल र्‍याली

लमजुङ ।
भारतीय सेनामा नेपाली भर्ती पुनः सुचारु गर्नुपर्ने माग राख्दै लमजुङको सदरमुकाम बेँसीसहरमा विशाल ¥याली निकालिएको छ । लमजुङ भारतीय भुतपुवृ सैनिक विकास समितिको नेतृत्वमा भारतीय भुपु सैनिक, भुपु आश्रित परिवार र गैर भुपु एवं जिल्लामा क्रियाशील विभिन्न संघसंस्थाको सहभागीतामा विशाल ¥याली निकालिएको हो ।

मनाङे चौताराबाट सुरु भएको उक्त ¥याली भिमसेनथान, नारायणस्थान, फूलवारी चोक, ठाडोलाईन हुँदै जिल्ला प्रशासन कार्यालय लमजुङ पुगेर समापन भएको थियो । प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाललाई ज्ञापन पत्र बुझाईएको छ । समितिका अध्यक्ष चित्र बहादुर गुरुङले प्रमुख जिल्ला अधिकारी खनाललाई ज्ञापन पत्र बुझाउनुभएको हो । सो अवसरमा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेत, समितिका सल्लाहकार सुबेदार मेजर खेमजंग गुरुङ लगायतको उपस्थिति रहेको थियो । 

प्रजिअमार्फत प्रधानमन्त्रीलाई बुझाईएको उक्त ज्ञापन पत्रमा भारत सरकार सँग अविलम्ब कुटनैतिक पहल गरी भर्ती सुचारु गर्न माग गरिएको छ । सन् १९४७ मा नेपाल भारत र बेलायत सरकार बीच भएको सन्धिको पूर्ण रुपमा कार्यान्वयन गर्न समेत ज्ञापन पत्रमा माग गरिएको छ । 

ज्ञापन पत्रमा भनिएको छ- “सन् १९४७ को सन्धिमा नेपाली युवाहरु भारतीय सेनामा भतीं गर्ने र यस बापत भारत सरकारले आफ्ना नागरिकलाई सेनामा दिने सरहको सेवा सुविधा र अवसर दिने भन्ने स्पष्ट उल्लेख भएको छ र हाल सम्म पनि यो कार्यन्वयन भई रहेको छ। भारत सरकारले विगत पाँच बर्ष देखि आफ्नो नीति सेनाको भर्ती नितिमा परिवर्तन गरि अग्नी पथ योजना लागू गरेको छ । जस अनुसार सेनामा भर्ती भएका मध्येबाट चार बर्ष पछि उत्कृष्टताको आधारमा २५ प्रतिशत स्थायी रुपमा राख्ने गर्ने र बांकी रहेका ७५ प्रतिशत लाई निश्चित रकम दिई विदा गर्ने । र वहाँहरुलाई योग्यताको आधारमा अर्ध सैनिक बल पुलिस र विभिन्न सरकारी निकायहरुमा रोजगारको लागि प्रथामिकता दिने भन्ने रहेको छ। अग्नि पथ योजनामा नेपाल सरकारले असहमति जनाउँदै आफ्ना नागरिकलाई यस योजना अन्तगत भर्ती हुन रोक लगाएको छ ।”

विगत पाँच वर्ष देखि भर्ती प्रक्रिया ठप्प रहँदा कतै लामो समय देखि चलि रहेको रोजगारको अवसर बन्द हुने त हैन भन्ने आशंका पनि बढेको समितिका सल्लाहकार सुबेदार मेजर खेमजंग गुरुङले बताउनुभयो । देशमा बेरोजगार समस्या बढ्दै जाँदा भर्ती पुनः सुचारु नहुँदा युवाहर बिदेशिन बाध्य हुँदै गएको गुरुङको भनाई छ ।  

 

 

 

प्रतिकृया दिनुहोस